नेपालगन्ज र कोहलपुरमा आकासे पुल निर्माण प्रक्रिया सुरु

सांकेतिक आकासे पुल गुगलबाट साभार ।

बाँके, ३१ साउन, २०७९ ।


नेपालगन्जको गणेशमान, धम्बोझी, कारकाँदो चोक र कोहलपुरको त्रिभुवन माध्यमिक विद्यालय अगाडी सहित बाँकेको पाँच ठाउँमा आकासे पुल निर्माण हुने भएको छ । अवको १५ महिनाभित्र काम सक्ने गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आकासे पुल निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।
मन्त्रालयले नेपालगन्जको जमुनाहदेखि राँझा चोकसम्मको १० दशमलव ८ किलोमिटर सडक स्तरोन्नती गरि असफाल्ट कालोपत्रे निर्माणका लागि पनि टेण्डर आव्हान गरेको मन्त्री मोहम्मद इस्तियाक राईले बताए । सोही सडक खण्डको विभिन्न चोकमा ट्राफिक तथा स्ट्रिट लाईट जडान गरिने भएको छ । उक्त कार्यका लागि पनि टेण्डर आह्वान भइसकेको मन्त्री राईले बताए ।
उपमहानगरपालिकाको अनुरोध, आग्रह र समन्वयमा नगरका विभिन्न वडामा १५ किलोमिटर सडक तथा नाला निर्माण एवम् अन्य सडकको सुधार तथा स्तरोन्नति गर्न टेण्डर आह्वान भइसकेको नेपालगन्जका मेयर प्रशान्त विष्टले बताए ।
नगर प्रमुख विष्टले जिल्लाबासी मन्त्री पाएपछि नेपालगन्जमा एकपछि अर्को गरि विकास निर्माणका योजना कार्यान्वयनमा आउन थालेको बताए । विष्टले नेपालगन्जको विकासका लागि प्रधानमन्त्री शेरवहादुर देउवा सहित अन्य मन्त्रीहरु समक्ष समेत माग प्रस्तुत गरेको जानकारी दिए ।
नगर उपप्रमुख कमरुद्धिन राईले थप केही दिनमै नगरभित्रका भित्रि सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने बताए । ‘नयाँ सडक लगायतका अन्य योजनाहरुको आन्तरिक प्रक्रिया पुरा भईसकेको छ । केही दिनमै कार्यान्वयन प्रक्रियामा जाने छ,’ उपप्रमुख राईले भने ।

Previous articleनरैनापुरमा घट्यो ‘ड्रपआउट’ (फोटो फिचर)
Next articleबाँकेमा बुधवार १४ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here