डुडुवाले गर्यो एकीकृत स्वास्थ्यको समिक्षा

बाँके, २९ साउन, २०७९ ।
डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८–०७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो ।
समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्तर्गत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुत गरेका थिए । डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसंगै उत्कृष्ट कार्य गरेको उनले प्रतिबेदनमा उल्लेख गरे ।
सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम ल्याएको बताए । उनले पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित निशुल्क प्रयोगशालालाई बृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताए ।


पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बाञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउँदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समुहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले योगदानको कदर गरे ।
समिक्षा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो ।
प्रस्तुतीपछि भएको छलफल पश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निमार्ण गरिएको स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्र घलेले बताए ।

Previous articleरेशम चौधरी भन्छन्, ‘न्याय देऊ कि मृत्युदण्ड’
Next articleनरैनापुरको तीन हजार हेक्टर जमिन बाँझो : रोपेको धान पनि सुकेपछि किसान चिन्तित (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here