कोरोना अपडेट : पाँच जनाको मृत्यु, ८१५ जनामा कोरोना पुष्टि

बाँके, २६ साउन, २०७९ ।


देशभर पछिल्लो २४ घण्टामा देशभर आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण अस्पताल भर्ना भएका पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा कोरोना पुष्टि भएको हो । दुई हजार चार सय ११ जनाको पिसिआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा चार सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार नौ सय ८२ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा पाँच हजार ६ सय ७७, संस्थागत आइसोलेसन एक सय ९२, आइसियूमा ६० र भेन्टिलेटरमा आठजना संक्रमित रहेका छन् ।
हाल काठमाडौं र ललितपुरमा पाँच सय भन्दा धेरै संक्रमित रहेका छन् । भने, कैलाली र मोरङमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् ।

Previous articleबाँकेका १६ गरि २३ जनामा कोरोना पुष्टि
Next articleआज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्व ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here