विहीवार बाँकेमा १५ जनामा कोरोना पुष्टि

बाँके, २५ साउन, २०७९ ।


बाँकेमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधवार भेरी अस्पतालको पिसिआर ल्यावमा १९ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये आठ जना बाँकेका भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रले जनाएको छ । मंगलवार २५ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी राप्तिसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा एक जनामा पनि कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये चार महिला र पाँच पुरुष रहेको केन्द्रले जनाएको छ ।
उता, भारतबाट आउँदै गरेकाहरुको जमुनाहस्थित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा चार जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु दाङ, सुर्खेत, सल्यान र दैलेखका रहेको हेल्थ डेस्कका ल्याव टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।
बुधवार एक जना डिस्चार्ज भएसँगै बाँकेमा ७३ जना सक्रिय संक्रमित रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । सवै संक्रमित आ–आफ्नो घरमा बसेर स्वास्थ्य लाभ गरिरहेको पनि उनले बताए ।

Previous article‘अझैँ पुरिएन दिलको घाउ’
Next articleबाँकेका १६ गरि २३ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here