राजापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित

बाँके, २० साउन, २०७९ ।


बर्दियाको राजापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नगरपालिकाले स्वास्थ्य शाखासँग कुनै समन्वय नगरि जथाभावी रुपले स्वास्थ्यकर्मी सरुवा गरेको भन्दै स्वास्थ्कर्मीहरु आन्दोलित भएका हुन् ।
गर्मी तथा बर्खाको समयमा विभिन्न संक्रामक रोग फैलिने र कोरोना महामारीको संक्रमण बढ्दै गएको बेला प्रमुख प्रशासकीय अधिकृतले मनोमानी तरिकाले स्वास्थ्यकर्मी सरुवा गर्दा उत्पन्न हुने असहज परिस्थितीको जिम्मेवार स्वयम नगरपालिका हुने बताउँदै स्वास्थ्यकर्मीले सरुवा बदर गरि काम गर्ने बातावरण मिलाउन आग्रह गरेका छन् ।


नगरपालिकामा कार्यरत अन्य कर्मचारीलाई प्रोत्साहन भत्ता, इन्धन लगायतका सुविधा दिए पनि स्वास्थ्यकर्मीहरुलाई विभेद गरि उक्त सुविधाबाट बञ्चित गरिएको आरोप समेत लगाएका छन् । ‘एउटै पालिकामा काम गर्ने कर्मचारी मध्ये कसैलाई प्रोत्साहन भत्ता र इन्धन सुविधा दिने र कसैलाई नदिने कार्यले हामीलाई मर्माहत बनाएको छ । नगरपालिकाले सौतेली आमाका छोराछोरी सरह ब्यवहार गरेकोले हामी आन्दोलित भएका छौँ,’ नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
स्वास्थ्यकर्मीले पहिलो चरणको आन्दोलन अन्तरगत १९–२० साउनमा दुई घण्टा काम ठप्प पारेका छन् । माग पुरा नभए २२ साउनमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

Previous articleहेल्प डेस्कमा भएको खर्च माथि मलेपको प्रश्न, नीति र विधि पुर्याएको बासको दावी
Next articleदेशभर ९१२ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here