बाँके प्रहरीका डिएसपी न्यौपानेको काज सरुवा

बाँके, २० साउन, २०७९ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४३ डिएसपीको काज सरुवा गरेको छ । न्यौपानेको जिल्ला प्रहरी कार्यालय पर्वत काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालको पनि काज सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जाने भएका छन् ।
काज सरुवा हुनेमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, प्रेमबहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ र श्यामु अर्याल लगायत रहेका छन् ।

Previous articleदेशभर ९१२ जनामा कोरोना संक्रमण पुष्टि
Next articleसत्ता गठबन्धन बनाएर जानु हारको मानसिकता हो : एमाले नेता थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here