देशभर ९१२ जनामा कोरोना संक्रमण पुष्टि

बाँके, २० साउन, २०७९ ।


पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । वितेको २४ घण्टामा देशभर ९१२ जना कोरोना संक्रमित फेला परेका छन् । ६ हजार ४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् ।
बाँकेमा एकैदिन १२ जना संक्रमित फेला
शुक्रवार बाँकेका विभिन्न अस्पताल र गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा १२ जना संक्रमित फेला परेका छन् । भेरी अस्पतालको पिसिआर ल्यावमा ११ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये बाँकेका चार र बाहिरी जिल्लाका ६ जना रहेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
त्यसैगरी, जमुनाहा नाकामा एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्दा बाँकेका एक जनामा कोरोना पुष्टि भएको छ भने जानकी गाउँपालिकामा जाँच गर्दा एक जना कोरोना संक्रमित फेला परेका छन् । बाँकेका ६ जना मध्ये तीन जना पुरुष र तीन जना महिला रहेको ओलीले बताए ।
संक्रमित सवैले होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । देशभर संक्रमण बढेपछि चिकित्सकले स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिएका छन् ।

Previous articleराजापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित
Next articleबाँके प्रहरीका डिएसपी न्यौपानेको काज सरुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here