अर्काको भौतिक संरचनामा आँखा नलगाउन क्षेत्रीय खेलकुदको आग्रह

बाँके, १९ साउन, २०७९ ।


नेपालगन्जस्थित रंगशालाको सम्पत्ती विवाद चुलिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र बाँके जिल्ला खेलकुद विकास समिति वीच भौतिक संरचना प्रयोगमा विवाद भएको हो ।
अधिकार क्षेत्र नबुझेर जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले क्षेत्रीय खेलकुद विकास समितिको स्वामित्व भित्र रहेका भौतिक संरचना माथि आँखा लगाएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले नेपालगन्ज रंगशाला मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको नाममा रहेको बताउँदै जिल्ला खेलकुद विकास समितिलाई आवश्यक संचरना प्रयोगका लागि दिन सकिने स्पष्ट पारे ।
राष्ट्रिय खेलकुद परिषदले कर्मचारी समायोजन तथा क्षेत्रीय खेलकुद विकास समितिको क्षेत्राधिकार प्रत्यायोजन नगर्दा संरचना प्रयोग एवम् संरक्षणमा बाधा पुगेको बताए । ‘नेपालगन्ज रंगशाला जिल्लाको मातहतमा रहने या क्षेत्रीय खेलकुदकोमा रहने स्पष्ट नीति नआउँदासम्म विवाद कायमै रहनेछ,’ उनले भने ।
उनले हालसम्म नेपालगन्ज रंगशाला क्षेत्रीय खेलकुद विकास समितिको मातहतमा रहेकोले अनावश्यक विवाद नगर्न जिल्ला खेलकुद विकास समितिसँग आग्रह गरे । नेपालगन्ज रंगशालामा भएका सवै संरचना नेपाल सरकारको सम्पत्ती भएकोले जिल्ला खेलकुदलाई दिन कुनै समस्या नभएको समेत उनले बताए । ‘रंगशालामा भएका संरचना जिल्ला खेलकुदलाई दिन कुनै समस्या छैन, तर कुन–कुन संरचना जिल्लालाई दिने र कुन–कुन क्षेत्रीय खेलकुदले राख्ने सरकारले स्पष्ट नीति ल्याउनु पर्छ,’ उनले भने, ‘सरकारको निर्देशन र नीति आए क्षेत्रीय खेलकुद विकास समिति सहर्ष हस्तान्तरण गर्न तयार छ ।’
उनले क्षेत्रीय खेलकुद विकास समितिको मातहतमा रहेका संरचनालाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको समेत बताए । जिल्ला र क्षेत्रीय खेलकुदका पदाधिकारी तथा कर्मचारी नेपाल सरकारको भएकोले तल्लो तहमा विवाद गर्नुभन्दा नीति निर्माण तहलाई झकझक्याउन आवश्यक रहेको औँल्याए ।

Previous articleअवको गन्तब्य : जनताको बल
Next articleहेल्प डेस्कमा भएको खर्च माथि मलेपको प्रश्न, नीति र विधि पुर्याएको बासको दावी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here