ब्राउनसुगर सहित दुई जना पक्राउ

बाँके, १७ साउन, २०७९ ।


लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १० का २९ बर्षिय दिपेश सुनाम (परियार) र कोहलपुर नगरपालिका ७ का २९ बर्षिय नारायण बुढ्थापा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए ।
उनीहरुबाट ८ दशमलव ८६ ग्राम ब्राउनसुगर बरामद भएको उनले बताए । १८० सिसिको कालो रंगको भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका चेक जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर फेला परेको हो ।
बाइकको लुकिङ ग्लास मुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा फेला परेको उनले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

Previous articleगाईको मासुसहित दुई जना पक्राउ
Next articleअवको गन्तब्य : जनताको बल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here