बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २५ पुग्यो

फोटो : गुगलबाट साभार ।

बाँके, १३ साउन, २०७९ ।


बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बाघको संख्या २५ पुगेको छ । बाघ दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २५ पुगेको तथ्यांक सार्वजनिक गरेको हो ।
बाघ दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या २५ रहेको छ । त्यसैगरि, चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८, पर्सा राष्ट्रिय निकुञ्जमा ४० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३८ वटा बाघ रहेका छन् ।
नेपालमा सन् २०१० मा बाघको संख्या एक सय २१ थियो । २०१८ मा दुई सय ३५ र सन् २०२२ मा दुई सय ५० पु¥याउने लक्ष्य राखेको थियो । तर, नेपालमा अहिले बाघको संख्या ३५५ पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानबाट बाघ सर्वेक्षणको डाटा सार्वजनिक गरेका हुन् । जुलाई २९, विश्व बाघ दिवस मनाउने गरिएको छ ।

Previous articleलेनदेन मुद्दाका फरार सोनी पक्राउ
Next articleवीपी स्मृति दिवस : डुडुवामा वृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here