बाँके, १३ साउन, २०७९ ।
विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न नरैनापुर गाउँपालिकाले ठूलो संख्यामा शिक्षक माग गरेको छ । शैक्षिक सुधारका लागि गाउँपालिकाले निम्न माध्यमिक तह अनुदान शिक्षक माग गरेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले जानकारी दिए ।
उनले विद्यालयको कक्षा स्तरोन्नती गरिएकोले सोही अनुसार ठूलो संख्यामा शिक्षक माग गरिएको बताए । ‘कक्षा पाँच सम्म संचालनमा रहेका विद्यालयको कक्षा स्तरोन्नती गरिएको छ । सोही अनुसार शिक्षक पदपूर्तीका लागि सूचना प्रकाशन गरिएको छ,’ उनले भने ।
उनले पाँच–पाँच जना नेपाली र अंग्रेजी शिक्षक माग गरिएको बताउँदै गणित र विज्ञान शिक्षक दुई–दुई जना र सामाजिक शिक्षा शिक्षक चार जना माग गरिएको बताए । उनले दरखास्तका लागि २७ साउनसम्म अन्तिम म्याद रहेको जानकारी दिए ।