एकै दिन थपिए ७१० नयाँ कोरोना संक्रमित, थप दुईको मृत्यु

बाँके, १२ साउन ।


पछिल्लो २४ घण्टामा देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको छ ।
दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार २३६ जना सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । विहीवार २१५ जना संक्रमित निको भएका छन् ।

Previous articleफेरि गाउँ फर्किन थाले कोहलपुरका मुक्त कमैया
Next articleलेनदेन मुद्दाका फरार सोनी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here