बाँके, ११ साउन, २०७९ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ । यो राजमार्गमा सवारी साधन रातदिन गुड्ने भएकोले बन्तयजन्तु उच्च जोखिम छन् ।
निकुञ्ज प्रशासनले सवारी साधनको गति सिमित गराउन टाइम कार्ड लागू गर्न खोजे पनि असफल भएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणको बसोबास सँगै होटलहरु संचालनमा भएकोले टाइम कार्ड लागू गर्न नसकिएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।
कोहलपुरदेखि पूर्व तर्फको ७२ किलोमिटर सडक आसपास होटल र पसल संचालनमा भएकोले टाइम कार्ड सफल नभएको उनले बताए । ‘पश्चिमबाट गएका र पूर्वबाट आएका सवारी साधन निकुञ्ज आसपासमा संचालित होटल र पसलमा खाना, नास्ता खान रोकिने भएकोले टाइमकार्ड दिनुको अर्थ भएन,’ उनले भने ।
उनले टाइम कार्ड सफल नभएपछि ‘भेइकल ट्रयाकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस)’ जडान गरेको बताएछ। ‘गति सिमित गर्न भीटिआरएस जडान गरिएको बताए । ‘सवारी साधनको गति हेर्न समय–समयमा आकस्मिक जाँच र गस्ती गरिन्छ,’ उनले भने, ‘राजमार्ग आसपास होटल र पसल रहुन्जेल टाइम कार्ड सम्भव देखिदैन ।’
उनले अत्यधिक गतिमा गुडेका कारण निकुञ्जबाट मध्यवर्तीमा जान सडक वारपार गर्ने वन्यजन्तु सवारी साधनले किचिने गरेको बताए । सवारी साधनले किचेर मर्ने वन्यजन्तुको संख्या अधिक रहेको बताए ।