कोहलपुरमा पति–पत्नीको शब फेला, हत्या भएको आशंका

बाँके, १० साउन, २०७९ ।


कोहलपुर नगरपालिका १४, पार्वतीपुरमा पति–पत्नी मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा २५ बर्षिय कृष्ण गडरिया र उनकी २३ बर्षिया पत्नी अन्जली गडरिया रहेको बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनीहरु पार्वतीपुरस्थित आफ्नै घरमा सुतेको अवस्थामा आज विहान मृत अवस्थामा फेला परेको उनले बताए । कृष्ण र अञ्जली वीच एक वर्ष अघि विवाह भएको थियो ।
बेलुका सुतेका पति–पत्नी विहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । कृष्णको दाँया हातको नाडीमा धारिलो हतियारको चोट रहेको र उनी रगताम्य अवस्थामा कोठामा फेला परेको बताउँदै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा फेला परेको न्यौपानेले बताए ।
दुवैको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको उनले बताए । बाँकी तथ्य अनुसन्धानपछि खुल्ने उनको भनाई छ । ‘घटनास्थल र शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिदैन । बाँकी कुरा अनुसन्धानपछि प्रष्ट हुनेछ,’ डिएसपी न्यौपानेले भने ।

Previous articleसडकमा असुरक्षित बाँके निकुञ्जका वन्यजन्तु
Next articleपछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here