बाँके, १० साउन, २०७९ ।
पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । २१८ जना संक्रमित निको भएका छन् ।