बाँके, ९ साउन, २०७८ ।
पछिल्लो २४ घण्टामा देशभर पाँच सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । कुल चार हजार आठ सय जनाको नमुना परीक्षण गरिएकोमा पाँच सय ६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट तीन हजार ८४ र एन्टिजेन विधिबाट एक हजार सात सय १६ जनाको जाँच गरिको हो । यस्तै, कोरोना संक्रमित एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या तीन हजार पाँच सय ३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।