स्याउ टिप्न काला पहाड जानेको नेपालगन्ज नाकामा लर्को

बाँके, ८ साउन, २०७९ ।


पछिल्लो समय भारतको सिम्ला जाने नेपालीको संख्या अधिक छ । भारत जान हुल बाँधेर आएका अधिकांश नेपाली हिमाञ्चल प्रदेशको सिम्ला जान लागेको बताउने गरेका छन् ।
हिमाञ्चल प्रदेशको सिम्ला लगायत जिल्लामा स्याउ टिप्ने र ओसार्ने सिजन सुरु भएकोले साविक मध्य र सुदूरपश्चिमाञ्चलका यूवाको समुह सिम्ला जाने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए ।
उनले दैनिक १२–१३ सय नेपाली भारत जाने गरेको बताए । ‘हिमाञ्चल प्रदेशमा स्याउको सिजन भएर होला हुलका हुल नेपालीहरु सिम्ला गएको देखिन्छ,’ उनले भने ।
उनले कामका लागि भारत जाने अधिकांश यूवा रहेको पनि बताए । नेपालमा काम नपाएपछि कामका लागि भारत जान लागेको भन्ने यूवाको संख्या धेरै भएको उनले बताए । ‘स्याउ टिप्न सिम्ला जाने १८–३५ बर्ष उमेर समूहका यूवा छन्,’ उनले भने ।

Previous articleपछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु, ३४७ थपिए
Next articleरेशमलालको ‘लाल डायरी’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here