बाँके, ८ साउन, २०७९ ।
कोभिड–१९ भाइरसको संक्रमणबाट विगत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई जनाको मृत्यु भएको हो ।
गत २४ घण्टामा तीन सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । तीन हजार ८ सय ८८ जनाको परीक्षण गर्दा थप तीन ४७ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार एक सय ७७ जना सक्रिय संक्रमित छन् । ९५ जना निको भएका छन् ।