कोरोना संक्रमण बढ्दै : स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बाँके, ६ साउन, २०७९ ।


कोरोना संक्रमण बढेपछि सरकारले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न–गराउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित सबैलाई स्वास्थ्य मापदण्डका सवै उपाय अपनाउन सचेत गराएको हो ।
मन्त्रालयले विमानस्थल, सार्वजनिक यातायात, कार्यालयहरू तथा भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजरको ब्यवस्था गर्न भनेको छ । त्यसैगरी, संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार ब्यवस्थापनका लागि आवश्यक ब्यवस्थापन गर्न पनि मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय नाकाहरूमा निगरानी बढाउन, कोभिडविरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न तथा बुस्टर डोज लगाउने समय भएकाहरूलाई खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Previous articleनेपालगन्ज भन्सार : लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम राजस्व संकलन
Next articleनेपालगन्ज भन्सार : एलपी ग्यासबाट सवैभन्दा धेरै राजस्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here