सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न डा. पाण्डेले गरे अस्विकार

बाँके, ४ साउन, २०७९ ।


भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न अस्विकार गरेका छन् । उनले गोचाली खवरलाई फोन गरि उनले जानकी गाउँपालिकामा सिकलसेल अस्पताल स्थापना गर्न गठन भएको सल्लाहकार समितिमा आफूलाई नसोधेर राखिएको प्रति आपत्ती जनाएका छन् । ‘समिति गठन गर्ने बैठकमा उपस्थित नै नभएको ब्यक्तिलाई सल्लाहकारमा कसरी राखियो ? राख्नै पर्ने भए एक पटक सोधेको भए हुन्थ्यो । मेरो यसमा आपत्ती छ,’ फोन सम्बादमा उनले भने ।
उनले सिकलसेल एनिमिया र थाल्सेमियाका विरामीका लागि अनुसन्धान केन्द्र आवश्यक भएको बताए । स्थानीय स्तरमा रहेका अस्पताललाई बलियो बनाएर त्यहिँ सिकलिङ गर्ने र उपचार गर्ने ब्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । ‘अनुसन्धान केन्द्र आवश्यक छ, तर छुट्टै अस्पताल हुनु पर्छ भन्ने पक्षमा म छैन,’ उनले भने ।

Previous articleजानकी गाउँपालिकामा सिकल सेल अस्पताल निर्माण गर्न समिति गठन
Next articleथारू र पहाडी समुदायको अन्तर सम्बन्ध झल्काउने उपन्यास ‘बुह्रान’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here