बाँके, २ साउन, २०७९ ।
नेपालमा थप चार सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यू भएको छ । चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा चार सय ५७ जनामा कोरोना पुष्टि भएको हो । पीसीआर विधिबाट ३८६ र एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लगातार दोस्रो दिन कोरोना संक्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ७७६ पुगेको छ ।