बाँके, २ साउन, २०७९ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका छन् ।
विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै एनसिडिआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उनी विश्व स्वास्थ्य संगठको पिइएन–प्लसको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट प्यानेलमा मनोनयन भएका हुन् । ‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डा. भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डा. फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।

डा. पाण्डेले थारु समुदायमा देखिने सिकलसेल एनिमियाको अनुसन्धान गरि यसलाई स्वास्थ्य समस्याको रुपमा दर्ज गरेका छन् । सरकारले सिकलसेल एनिमियालाई स्वास्थ्य समस्याको रुपमा लिएर सिकलसेलका विरामीलाई एक लाख रुपैँया बराबरको औषधि प्रदान गर्दै आएको छ ।