आज साक्षर पालिका घोषणा हुँदै डुडुवा

बाँके, ३० असार, २०७९ ।


डुडुवा गाउँपालिकालाई आज साक्षर घोषणा गरिदै छ । पालिकाका ९५ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर घोषणा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए ।
उनले आज एक कार्यक्रमका वीच पालिकालाई साक्षर घोषणा गरिने बताए ।
साक्षरता दर बढि हुनेमा डुडुवा गाउँपालिका वडा नं.६ रहेको छ । त्यहाँ ९८ दशमलव ५३ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ । त्यसैगरि दोस्रोमा वडा नं. ३ रहेको छ । त्यहाँका ९६ दशमलव ९० प्रतिशत र सवैभन्दा कम वडा नं. १ का ९५ दशमलव ०८ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाले जनाएको छ ।

Previous articleफेरि उकालो लाग्न थाल्यो कोरोना
Next articleशून्य संक्रमित रहेको बाँकेमा १३ जना सक्रिय संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here