फेरि उकालो लाग्न थाल्यो कोरोना

बाँके, २८ असार, २०७९ ।
नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमित फेला परेका छन् । २७ असारमा १६८ जना संक्रमित फेला परेका थिए ।
मंगलवार सवैभन्दा धेरै काठमाडौँमा फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १०४ जना कोरोनो संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को ’रेड जोन’मा परेको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लासहित मंगलवार २१ जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर रहेका ८७३ जना सक्रिय संक्रमितमध्ये ८५३ जना होम आइसोलेसनमा र २० जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ११ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Previous articleबाँके जिल्ला खेलकुदको अध्यक्षमा शाह नियुक्त
Next articleआज साक्षर पालिका घोषणा हुँदै डुडुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here