बाँके, २६ असार, २०७९ ।
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवर निर्वाचित भएका छन् ।
रामबहादुरले चार हजार सात सय ७७ मत ल्याए । उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले तीन हजास सात ७४ मत ल्याए । यस्तै उपमेयरमा मायाकुमारीले चार हजार सात सय २७ मत ल्याएकी छन् भने उपमेयरकी अर्की उम्मेदवार रिता शाही शाहले जम्मा तीन हजार सात सय ५५ मत ल्याएर पराजित भइन् ।
कुल ७५३ स्थानीय तहमध्ये एमालेले २०६ पालिका प्रमुख जितेको छ ।
बुढीगंगामा वैशाख ३० मा निर्वाचन भए पनि ’बुथ कब्जा’ भएको भन्दै २३ असारमा पुनः निर्वाचन गरिएको थियो ।
उक्त नगरपालिकाको १० वडामध्ये सातमा एमाले र ३ मा कांग्रेस उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।