सामाजिक दायित्व अन्तरगत कृपा हस्पिटलमा निशुल्क शिविर आयोजना

बाँके, २५ असार, २०७९ ।
नेपालगन्जस्थित कृपा हस्पिटलले शनिवार नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गरिव तथा असहाय विरामीलाई स्वास्थ्य सेवा पुर्याउन निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हस्पिटलका निर्देशक डा. प्रविणकुमार गुप्ताले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को सहकार्यमा आयोजना गरिएको शिविरमा सोही वडाका नागरिकको निशुल्क स्वास्थ्य जाँचका साथै सुगर, विएमडी जाँच सेवा निशुल्क गरिएको उनले बताए । शिविरमा औषधि खरिदमा ५ प्रतिशत छुट दिइनुका साथै एक्स–रे र प्याथालोजी सेवामा १५–१५ प्रतिशत छुट दिइएको बताए । ‘वडा नंं. १० का नागरिकलाई लक्षित गरि शिविर संचालन भए पनि नियमित सेवा लिइरहेका र शनिवार आएका नयाँ विरामीलाई पनि निशुल्क स्वास्थ्य सेवा दियौँ,’ डा. गुप्ताले भने ।


स्वास्थ्य शिविरमा पेट, छाती, हाड, जोर्नी, नशा, पिसाव लगायतका स्वास्थ्य सेवा दिइएको हाड, जोर्नी, नशा, बाथरोग विशेषज्ञ डा. राहुल मिश्र र यूरो सर्जन डा. प्रविणकुमार गुप्ताले स्वास्थ्य सेवा दिएका थिए । ‘सामाजिक दायित्व अन्तरगत स्वास्थ्य सेवा संचालन गरेका हौँ,’ उनले भने ।

Previous articleराप्ती नदीमा पानी खतराको सतहभन्दा माथि, नदी आसपासका बासिन्दालाई सजग भएर बस्न प्रशासनको आग्रह
Next articleबुढीगंगाको मेयरमा रामबहादुर निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here