राप्ती नदीमा पानी खतराको सतहभन्दा माथि, नदी आसपासका बासिन्दालाई सजग भएर बस्न प्रशासनको आग्रह

बाँके, २५ असार, २०७९ ।


राप्ती नदीमा पानीको सतह खतराको सतह भन्दा माथि आएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । यो समाचार तयार पार्दासम्म राप्ती नदीमा पानीको सतह ५ दशमलव ६३ पुगेको छ । उक्त बाढी होलिया पुग्न चार घण्टा लाग्छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगे खतरा मानिन्छ । खतराको सतहमा पानी पुगे राप्ती नदी आसपासका बैजापुर, बिनौना, फत्तेपुर, डुडुवाको होलिया, बेतहनी, बनकट्टी, कम्दी लगायतका क्षेत्र डुवानमा पर्ने गरेका छन् ।
राप्ती नदीमा पानीको सहत खतराको सतह भन्दा पुगेकोले राप्ती नदी आसपासका सर्वसाधारणलाई सहज रहन र अत्यावश्यक बस्तु सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । उनले सतर्कताका लागि नदी तटिय क्षेत्रमा फोन र साइरन मार्फत जानकारी गराइएको बताए । ‘बाढीबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि नदी तटिय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

Previous articleबाजुराको बुढीगंगा नगरपालिकामा अग्रता फराकिलो बनाउँदै एमाले
Next articleसामाजिक दायित्व अन्तरगत कृपा हस्पिटलमा निशुल्क शिविर आयोजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here