बाँके, २५ असार, २०७९ ।
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाले एक हजार सात सय ३२ र नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार ६७ मत पाएका छन् । त्यसैगरि उपमेयरमा नेकपा एमालेकी माया कुँवरले एक हजार ६ सय ८७ र कांग्रेसकी रीता शाहीले एक हजार ३० मत पाएकी छिन् ।
हालसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएको छ । यी वडामा एमाले विजयी भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
बाजुराको बुढीगंगा नगरपालिकामा अग्रता फराकिलो बनाउँदै एमाले
वडा नम्बर १, २, ९ र १० मा एमाले विजयी