भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाई नियुक्त

बाँके, २४ असार, २०७९ ।


नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा बद्री चापागाई नियुक्त भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि चापागाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका हुन् ।
प्रमुख कन्सल्टेन्ट बरिष्ठ यौन तथा छाला रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ । ११ औँ तहका डा. चापागाई यसअघि भेरी अस्पताल विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । ‘शुक्रवार ढिलोगरि नियुक्ति पत्र हात पर्यो । आइतवारबाट जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ,’ उनले भने ।

Previous articleनेपालगन्जका ब्यापारीको आरोप : अवैध सामान आयातमा प्रहरी, प्रशासनको मिलेमतो, नियन्त्रण नगरे ब्यापार-ब्यवसाय ठप्प पार्ने चेतावनी
Next articleघुस रकमसहित गंगादेवी गाउँपालिकाका इन्जिनियर डाँगी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here