बाजुराको बुढीगंगामा एमालेको अग्रता कायमै

बाँके, २४ असार, २०७९ ।


बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । ३० बैशाखमा भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप, प्रत्यारोप भएपछि निर्वाचन आयोगले २३ असारमा मतदानको मिति तोकेको थियो ।
अहिले वडा नं. १ र १० को मत गणना भइरहेको छ । कुल एक हजार दुई सय मत गणना हुँदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँले ६२० मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ५१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपमेयरमा एमालेकी माया कुँवरले ६१५ मत प्राप्त गर्दा कांग्रेसकी रिता शाहीले ५२८ मत ल्याएकी छन् । हाल गणना भइरहेका दुई वटै वडाका वडाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Previous articleघुस रकमसहित गंगादेवी गाउँपालिकाका इन्जिनियर डाँगी पक्राउ
Next articleबाजुराको बुढीगंगा नगरपालिकामा अग्रता फराकिलो बनाउँदै एमाले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here