घुस रकमसहित गंगादेवी गाउँपालिकाका इन्जिनियर डाँगी पक्राउ

बाँके, २४ असार, २०७९ ।


घुस रकम सहित गंगादेवी गाउँपालिका रोल्पामा कार्यरत इन्जिनियर नविन डाँगी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले उनलाई सेवाग्राहीसँग लिएको ५० हजार रुपैँयासहित शुक्रवार पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
मोटर बाटो निर्माणको नापी किताव र बील, भरपाई तयार गरे बापत डाँगीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा नेपालगन्ज कार्यालयबाट खटेको टोलीले उनलाई गंगादेवी गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको डाँगीको निवासबाट घुस लिएको रकमसहित पक्राउ गरिएको उनले बताए ।

Previous articleभेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाई नियुक्त
Next articleबाजुराको बुढीगंगामा एमालेको अग्रता कायमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here