नरैनापुरमा डेरी उद्योग संचालन : किसानले पाए उचित मूल्य

बाँके, २० असार, २०७९ ।


जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक संजालमा जोडिएपछि नरैनापुर गाउँपालिकामा डेरी उद्योग संचालनमा आएको छ । त्यहाँ स्थापना भएको डेरी उद्योगमा दैनिक सात सय लिटर दुध खरिद गर्दै आएको ग्लोबल डेरी उद्योगका प्रोप्राइटर चन्द्रमणी यादवले बताए ।
चिस्यान केन्द्रको समेत ब्यवस्था गरेको ग्लोबल डेरी उद्योगले दुधको क्वालिटी हेरेर किसानको दुधको मूल्य दिने गरेको छ । ‘किसानको दुधको क्वालिटी मापन गर्छौँ । र, सोही बमोजिम दुधको मूल्य निर्धारण गर्छौँ,’ उनले भने, ‘दुधमा ल्याक्टो र फ्याटको मात्रा हेरेर प्रति लिटर ६६–१५० रुपैँयासम्म मूल्य दिएको रेकर्ड छ ।’
उक्त डेरी उद्योगसँगै पशुपालक किसानले उत्पादन गरेको दुध खरिद गर्न नेपालगन्जका डेरी उद्योग नरैनापुर पुग्न थालेका छन् । डेरी उद्योगले खरिद गर्न थालेपछि उचित मूल्य पाउन थालेको स्थानीय पशुपालक गुरुदिन यादवले बताए । उनले भने, ‘पहिले गाउँघरका ब्यक्तिसँग विक्रि गथ्र्यौँ । मोल पनि थोरै दिन्थ्यो । समयमा पैँसा पनि दिदैनथ्यो । कतिपयले अहिलेसम्म पैँसा पाएका छैनन् । डेरी उद्योग खुलेपछि मोल राम्रो पाएका छौँ । पैँसा पनि भनेको समयमा पाएका छौँ ।’


विद्युत र सडक निर्माण भएपछि नरैनापुरमा डेरी उद्योग स्थापनाका लागि पहल गरेको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले नरैनापुरका पशुपालक किसानले उत्पादन गरेको दुधको बजारिकरणका लागि गाउँपालिकाले विशेष ध्यान दिएको बताए । नरैनापुरमा चिस्यान केन्द्र स्थापनाका लागि गाउँपालिकाले योजना बनाएको छ,’ उनले भने ।

Previous articleडुडुवा गाउँपालिकामा जुंगाको लडाइँ : गाउँसभा अनिश्चित, सर्वसाधारण मर्कामा पर्ने निश्चित
Next articleपरम्परागत तरिकाले पशुपालन गर्दै नरैनापुरका किसान : दुध पकेट क्षेत्र घोषणा गर्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here