राप्ती नदीमा खतराको सतहमा बढ्दै, नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन प्रशासनको निर्देशन

बाँके, १५ असार, २०७८ ।

मध्यरातबाट परेको बर्सातले राप्ती नदीमा पानीको सतह बढिरहेको छ । जल मापन केन्द्र कुसुमले राप्ती नदीमा पानीको सतह बढिरहेको र चेतावनीको सतह नजिक पुगेको जनाएको छ । चेतावनीको सतह बढ्दै गएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
यो समाचार तयार पारिरहदा बुधवार विहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर रहेको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुवानमा पर्ने गरेका छन् ।
राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । -सच्याइएको अंश

Previous articleहत्यालाई सडक दुर्घटना बनाउन खोज्ने चार यूवा पक्राउ
Next articleआज धान दिवस, बाँकेमा २–३ प्रतिशतमात्र धान रोपाइँ, पानी परेपछि किसान हर्षित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here