बाँके, ११ असार, २०७९ ।
नरैनापुर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५१ करोड १० लाख रुपैँयाको बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँसभाले आगामी आर्थिक वर्ष ०७९–८० का लागि ५१ करोड १० लाखको बजेट पारित गरेको हो ।
सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए । गाउँसभाले नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मत रुपले पारित गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
गाउँसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेको उनले बताए । बजेटका केही विषयमा सहमति नभएपछि नरैनापुरमा शुक्रबार केही समयसम्म गाउँसभा अन्यौलमा थियो ।
नेपाली काँग्रेसबाट विजयी जनप्रतिनिधि र कार्यपालिका सदस्यले अन्तिम समयमा सहमति जनाएपछि गाउँसभा बसेको थियो ।