राप्ती नदीमा गरियो बाढीको कृतिम घटना अभ्यास

बाँके, ६ असार, २०७९ ।


बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा प्रदेशस्तरीय कृतिम घटना अभ्यास गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरीक मामिला तथा संचार मन्त्रालयको आयोजनामा भएको कृतिम अभ्यासमा बाढीबाट घाइतेकाको उद्धार, बेपत्ताको खोजी, घाइतेको प्राथमिक तथा मेडिकल उपचार विधि देखाइएको थियो । रबर बोट, मोटर बोट, गोताखोर लगायतको प्रयोग गरी अभ्यास गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
अभ्यास कार्यक्रममा आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले प्रदेश, जिल्ला तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज एवम् उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सवै सरोकारवालासंगको समन्वय तथा सहकार्यलाई प्रभावकारी वनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अभ्यास कार्यक्रममा प्रदेश सांसद कृष्णा केसी, नेपाली सेनाका उपरथी उत्तमकुमार विष्ट, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी, जिल्ला समन्वय उप–प्रमुख सीता कार्की, डुडुवा गाँउपालिका उपाध्यक्ष साहिदा बानु, जिल्लाका सुरक्षा प्रमुखहरु, गृह तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, रेडक्रस बाँकेका पदाधिकारी लगायतको सहभागिता रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

Previous articleभारतबाट फर्किदै गरेका तीन नेपालीमा कोरोना पुष्टि
Next articleसिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यूदर अन्य गर्भवती भन्दा २२ जना बढि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here