बाँके, ६ असार, २०७९ ।
भारतबाट आउँदै गरेका तीन जना नेपालीमा कोरोना पुष्टि भएको छ । जमुनाह नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन मार्फत कोरोना जाँच गर्दा तीन जना नेपालीमा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनले सोमवार एक सय ४४ जनाको कोभिड जाँच गर्दा काठ्माडौं, जाजरकोट र बर्दियाका एक–एक जनामा कोरोना पुष्टि भएको बताए । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि कामका लागि भारत गएर फर्किने नेपालीमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।