बागेश्वरी मन्दीरलाई धार्मिक सर्किटको रुपमा विकास गर्न बजेट विनियोजन

बाँके, २ असार, २०७९ ।


लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दा बाँकेलाई कम बजेट दिएको छ । सरकारले अधिकांश बजेट विनियोजन गर्दा रुपन्देही र रोल्पालाई प्राथमिकतामा राखेको छ ।
लुम्बिनी प्रदेश सरकारले बागेश्वरी मन्दीरलाई ऐतिहासिक, धार्मिक, प्राकृतिक ‘बाइसे, चौविसे’ सर्किट गन्तब्य स्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ । त्यसैगरी, परसपुर–बेलभार–राधापुर–सहादतपुर सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले यस बर्ष पनि नेपालगन्ज विमानस्थल आसपासमा एग्रो मार्ट संचालनका लागि बजेट विनियोजन गरेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालबाट प्रदान हुँदै आएको सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका ब्यक्तिको उपचार सेवालाई विस्तार गरि नेपालगन्जस्थित भेरी अस्पतालबाट समेत सेवा प्रदान गर्न बजेट विनियोजन गरेको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैँया र पूञ्जीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैँयाको बजेट प्रस्तुत गर्दै खजुरामा कपास खेती विस्तार गर्न सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गर्न बजेट विनियोजन गरेको बताए ।
त्यसैगरी, नौबस्ता औद्योगिक क्षेत्र स्थापना गर्न संघीय सरकारसँग समन्वय गर्ने र औद्योगिक क्षेत्र प्रदेश सरकारको मातहत ल्याउन पहल गर्ने, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकवार लगाएर गाउँबस्तीलाई सुरक्षित बनाउने र बाँकेमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन भएको छ ।

Previous articleलुम्बिनी प्रदेशको बजेट : ४२ अर्ब ६३ करोड
Next articleभारतबाट फर्किदै गरेका तीन नेपालीमा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here