वडाबासीलाई पत्रकारिता तालिम दिँदै नेपालगन्ज उपमहानगरपालिका ९ नं. वडा

बाँके, ३० जेठ, २०७९ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ मा आधारभूत पत्रकारिता तालिम सोमवारबाट सुरु भएको छ । वडा नं. ९ को सहयोगमा समृद्धिका लागि संचार नेपाल नामक संस्थाले आधारभूत पत्रकारिता तालिम दिइरहेको संस्थाका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने तालिममा पत्रकारलाई चाहिने आधारभूत ज्ञान दिइने उनले बताए । उनले वडाको समृद्धिका लागि कलम चलाउन उत्प्रेरित गर्न तालिम आयोजना गरिएको बताए ।


कार्यक्रम उद्घाटनका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष गोविन्दप्रसाद रेग्मीले संचार क्षेत्र राष्ट्रको चौथो अंग भएको बताउँदै उनले समाजमा भएका राम्रा, नराम्रा कुरा बाहिर ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले तालिममा सहभागीलाई वडा कार्यालयले थालेको सरसफाई अभियानमा साथ दिन आग्रह गरे । ‘संचार क्षेत्र समाजको तेस्रो आँखा हो । पत्रकारले समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने ।
कार्यक्रममा वडा सदस्य जयन्ती खत्रीले पत्रकारले लेखेका समाचारले विकास, निर्माणमा टेवा पुग्ने बताउँदै राम्रा कामलाई प्रोत्साहन र नराम्रा कुरालाई निरुत्साहित गर्न पत्रकारले भूमिका खेल्नुपर्ने बताइन् । उनले अरुले नदेखेको कुरा पत्रकारको आँखाले देख्न सक्ने बताउँदै सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सुझवा दिए । उनले तालिममा सहभागीलाई धेरै भन्दा धेरै सिकेर ब्यवहारमा लागू गर्न आग्रह गरिन् ।
वडा नं. ९ का वडा सदस्य मिना नेपालीले वडाको समग्र विकासमा टेवा पुर्याउन वडा कार्यालयले तालिम आयोजना गरेको धारणा राखिन् । कार्यक्रममा वडा सचिव लगायतको सहभागिता रहेको थियो ।

Previous articleनापी कार्यालयको कामकाज अनिश्चित कालका लागि बन्द
Next articleसुन्दर हरिजन आत्महत्या काण्ड छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here