विद्युतिय गाडीका लागि कोहलपुरमा चार्जिङ प्वाइन्ट संचालन, चार्जबापत कति शुल्क लाग्छ ?

बाँके, २८ जेठ, २०७९ ।


कोहलपुरमा विद्युतिय गाडी चार्ज गर्ने चार्जिङ सेन्टर संचालनमा ल्याइएको छ । वीवी इन्टरप्राइजेज प्रालिले विद्युतिय गाडी चार्ज गर्न कोहलपुरमा विद्युतिय गाडी चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर संचालनमा ल्याएको प्रोप्राइटर विष्णु खनालले बताए । उनले पश्चिम नेपालमा पहिलो पटक विद्युतिय गाडी चार्जिङ प्वाइन्ट एण्ड सिफ्रेस सेन्टर संचालनमा ल्याएको दावी गरे ।
बीबी चार्जिङ प्वाइन्टले एक पटक गाडी चार्ज गरेको पाँच सय रुपैँया शुल्क लिने गरेको छ । नारायणघाट भन्दा पश्चिममा कोहलपुर र महेन्द्रनगरमा विद्युतिय चार्जिङ प्वाइन्ट स्थापना भई संचालनमा ल्याएको उनले बताए । उनले केहि दिनभित्र दाङको अमिलिया, भालुबाङ र सुर्खेतमा चार्जिङ प्वाइन्ट संचालनमा ल्याउन लागेको बताए । ‘पूर्व–पश्चिम राजमार्ग अन्तरगत विभिन्न ठाउँमा चार्जिङ प्वाइन्ट संचालनमा ल्याउने हाम्रो योजना छ,’ उनले भने ।
गाडी एक पटक चार्ज गरेपछि कम्तीमा दुई सय किलोमिटर दूरी यात्रा गर्न सकिने उनको भनाई छ । उनले ठूलो र साना गाडी ३० मिनेटमा चार्ज हुने जानकारी दिए । ‘हुन त गाडी फुल चार्ज हुन २०–३० मिनेट लाग्छ, तर पहिलो चरणमा हामीले एक घण्टा लगाएर चार्ज गर्दै आएका छौँ,’ खनालले भने ।
उक्त चाजिङ प्वाइन्टमा अहिले ६–८ वटा गाडी नियमित रुपमा चार्ज गर्न आउने गरेको बताए । एक पटक जार्च गरेपछि सुर्खेतको वीरेन्द्रनगर पुगेर फर्किन सकिने उनको भनाई छ । उनले विद्युतिय गाडी किन्ने बेला महंगो परे पनि विजनेशमा सस्तो रहेको बताए । ‘कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरसम्म जान र आउन अरु गाडीमा सात हजारको डिजेज हाल्नु पर्छ, तर यो गाडीलाई पाँच सयको चार्ज गरे पुग्छ,’ उनले भने, ‘मर्मत सम्भारमा लाग्ने रुपैँया पनि यो गाडीले बचत गर्छ ।’

Previous articleजनक शिक्षाको भवन संचालनमा नआउँदै जीर्ण : करोडौँ लगानी बालुवामा पानी
Next articleनापी कार्यालयको कामकाज अनिश्चित कालका लागि बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here