भारतबाट भित्रिदै कोरोना : जमुनाह नाकामा ६ दिनमा सात जना नेपालीमा कोरोना पुष्टि

बाँके, २४ जेठ, २०७९ ।


भारतमा कोरोना संक्रमण दर बढेसँगै भारतबाट फर्किने नेपालीमा पनि कोरोना संक्रमण देखिन थालेको छ । १५ जेठ अघि कोरोना संक्रमित फेला नपरे पनि त्यसयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका सिनियर ल्याव टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार १८–२३ जेठभित्र सात जना नेपालीमा कोरोना पुष्टि भएको छ । उनले १८ जेठमा तीन, २१ जेठमा एक र २३ जेठमा तीन जना नेपालीमा कोरोना पुष्टि भएको बताए । २३ जेठमा ७६ जनाको कोरोना जाँच गर्दा तीन जनामा संक्रमण पुष्टि भएको उनले बताए । पुष्टि भएका मध्ये दैलेख, प्यूठान र जाजरकोटका एक–एक जना रहेको ज्ञवालीले बताए ।
एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको ज्ञवालीले बताए । ‘अहिले हामीसँग पर्याप्त जनशक्ति छन्, तर विविध कारणले कोरोना परीक्षणको दायरा बढाउन सकिएको छैन,’ उनले भने, ‘अव चाँडै परीक्षणमा तीव्रता दिन्छौँ ।’
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्यसको जोखिम सीमावर्ती जिल्ला बाँकेमा पनि देखिन थालेको छ ।

Previous articleरासायनिक मल नपाउँदा किसान चिन्तित : बाँकेमा १२ सय मेट्रिक टन डिएपी माग, २८० मेट्रिक टन मात्र मौज्दात
Next articleकोरोना परीक्षणको दायरा बढाउन डिसिएमसीलाई केन्द्रको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here