बाँके, २४ जेठ, २०७९ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्लालाई कोभिड–१९ को स्क्रिनिङ, जाँच तथा संक्रमितको ब्यवस्थापनमा सहजीकरण गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य आपतकलिन तथा विपद ब्यवस्थापन इकाई, स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले भारतसँग सीमा जोडिएका जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) लाई भारतबाट आउने नेपालीको कोरोना जाँचमा तीव्रता दिन निर्देशन दिएको हो ।
भारतमा कोरोना संक्रमण दर बढ्दै गएकोले नाकामा संचालनमा रहेका हेल्थ डेस्कमार्फत स्वदेश फर्किने नेपालीको कोरोना जाँच, स्क्रिनिङ र फेला परेका संक्रमितको ब्यवस्थापन गर्न भनिएको छ । ‘कोभिड–१९ को शंकास्पद ब्यक्तिहरुको प्रयोगशाला परीक्षण तथा संक्रमितहरुको उपचार ब्यवस्थापनका लागि तयारी अवस्थामा राख्न आवश्यक ब्यवस्था मिलाई दिनु नेपाल सरकार (सचिवस्तर) २४ जेठ, २०७९ को निर्णय अनुसार अनुरोध छ,’ केन्द्रका मेडिकल अधिकृत डा. नवराज जोशी (जैसी) ले जारी गरेको पत्रमा उल्लेख छ ।