बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले गरे जमुनाह नाकामा कडाई

बाँके, १४ जेष्ठ, २०७९ ।


नेपाल–भारत सीमानाका जमुनाहको सुरक्षा ब्यवस्था कडा पारिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले कमाण्ड सम्हाल्ने वित्तिकै नाकाको सुरक्षा ब्यवस्था कडा पारेका हुन् ।
नेपालगन्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरि त्यस्ता गाडी माथि निगरानी बढाएको उनले बताए । आफू मातहतका प्रहरीलाई निगरानी गर्न निर्देशन दिएको बताउँदै उनले किनमेलका लागि भारत जाने र फर्किने नेपालीसँग सौहार्द ब्यवहार गर्न आदेश दिएको बताए । उनले घरायसी सामान किनमेलको नाममा तस्करी गर्ने प्रबृत्ती बढेको बताए ।


उनले अवैध हातहतियारसँगै लागूऔषध ओसारपसार नियन्त्रण गर्न चेकजाँचमा समेत कडाई गरिएको बताए । लागूऔषध सेवन गर्न नेपालीहरु भारतीय सिमा बजार रुपइडिहा पुग्ने गरेको बताउँदै रिजालले सेवन गर्ने ब्यक्तिको पहिचान गर्न समेत मातहतका प्रहरीलाई निर्देशन दिएको बताए ।
पछिल्लो समय जमुनाह नाकामा चेकजाँच कडा पारिएको प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताए । उनले आउजाउ गर्ने ब्यक्तिसँग उसले ल्याएको सामानलाई नजिकबाट केलाएर हेर्ने गरिएको बताए ।

Previous articleनरैनापुरको प्राथमिकतामा शिक्षा : गुणस्तरिय शिक्षा र शैक्षिक पूर्वाधारमा जोड
Next articleपाँच बर्षमा दुर्गमबाट सुगम भएको नरैनापुर, के-के भयो परिवर्तन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here