सामाजिक दायित्व अन्तरगत सेतोखरी मिडियाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

बाँके, १२ जेष्ठ ।


दोस्रो बार्षिक उत्सवको अवसर पारेर सेतोखरी मिडिया प्रालीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै विद्यालय पोशाक प्रदान गरेको छ । सामाजिक दायित्व अन्तरगत अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान गरिएको प्रालीका अध्यक्ष तथा ईसेतोखरी डटकम तथा सेतोखरी दैनिकका प्रधानसम्पादक कमल न्यौपानेले बताए ।
उक्त मिडिया हाउसले यसअघि बाँकेमा कार्यरत एक जना क्रियाशील पत्रकारलाई सम्मान गर्दैै आएको थियो । यस बर्ष सम्मान नगरि विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए । उनले गत बर्ष खोजमुलक पत्रकारिता गरेको भन्दै बाँकेका पत्रकार जावेद अन्सारीलाई नगदसहित सम्मान गरेको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपालगन्ज वडा नं. ४ का समाजसेवी टेकबहादुर केसी, एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी, वडा नं. ४ का नागरिक अगुवा नन्दा चन्द लगायतको सहभागिता रहेको थियो ।

Previous articleआर्थिक खर्च घटाउने डुडुवा गाउँपालिकाको पहिलो निर्णय
Next articleबाँकेमा भत्कियो सत्तागठ्बन्धन, कार्यपालिका निर्वाचनमा कुन-कुन दल वीच भएको छ गठबन्धन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here