खजुरा गाउँपालिकाको प्रवक्तामा वडा अध्यक्ष ओली नियुक्त

बाँके, ११ जेठ, २०७९ ।


खजुरा गाउँपालिकाको प्रवक्तामा वडा नं. २ का वडा अध्यक्ष धनराम ओली नियुक्त भएका छन् । गाउँपालिकाको पहिलो बैठकले उनलाई प्रवक्तामा नियुक्त गरेको हो । ओली भेरी अस्पताल विकास समितिको अध्यक्ष समेत हुन् ।
वडा अध्यक्ष मध्यबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान) ले बताए । सहयोगी भावना भएका उनी निडर र सूचना तथा प्रविधिमा दखल राख्छन् ।
नवनियुक्त प्रवक्ता ओलीले गाउँपालिकाको पहिलो बैठकले अभिभावक विहिन बालबालिकालाई संरक्षण गर्ने, पालिका भित्र फोहोर व्यवस्थापनका लागि जमिन व्यवस्थापन समिति गठन गरेको छ । वडा अध्यक्ष ओलीको संयोजकत्वमा गठन भएको समितिमा गरिबे शेष, फारुक शेष, रामगोपाल बर्मा र फिरोज खानलाई सदस्य तोकिएको छ ।
समितिको सदस्य सचिवमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष तुफानले जानकारी दिए ।

Previous articleसत्तागठबन्धनलाई भारी मत अन्तरले पराजित गरि तुल्सीपुरको मेयर–उपमेयरमा एमालेका खड्का र चौधरी विजयी
Next articleशिक्षकलाई राजनीतिक दलको कार्यकारिणी पदमा नबस्न राजापुर नगरपालिकाको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here