खेलकुदका सफल ब्यवस्थापक राठौरले दिए एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी

बाँके, १० जेठ, २०७९ ।


खेलकुदका सफल ब्यवस्थापक प्रदेश सिंह राठौरले तेस्रो कार्यकालका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । लामो समयसम्म बाँके जिल्ला फुटबल संघको नेतृत्व गरेका राठांैरले तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको बताए ।
उनी १८ बर्षसम्म बाँके जिल्ला फुटवल संघको नेतृत्व गरेका उनले ०३७÷०३८ सालमा भेरी अञ्चल स्तरीय प्रतियोगितामा बाँकेको नेतृत्व गरेर जिताउन सफल भएका थिए । उनको कप्तानीमा भएको अर्को खेलमा उनले बाँकेलाई उप–विजेता बनाउन सफल भएका थिए ।
खेलाडी जीवन सकिएपछि उनी खेलकुदको विकासमा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएका छन् । ‘जिवनको अन्तिम क्षणसम्म फूटबलको विकासमा लाग्ने सोँच छ,’ उनले भने,’ त्यहि अनुसार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको छु । आशा छ सवैको साथ र सहयोग रहने छ ।’
उनी कर्मा छिरिङ्गको प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । ‘वर्तमान कार्यसमितिले मलाई विश्वास गरेकाले यस पटक पनि त्यही प्यानलबाट उम्मेदवारी दर्ता गराएको छु’, उनले भने ।
बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । राठौरको विपरित प्यानलबाट उम्मेदवारी दिएको उनले बताए ।

Previous articleसामुदायिक विद्यालयलाई बस प्रदान गर्ने नरैनापुर गाउँपालिका अध्यक्षको घोषणा
Next articleतुल्सीपुर उपमहानगरमा एमालेका खड्का र चौधरी जित नजिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here