बाँके, ९ जेष्ठ, २०७९ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका टीकाराम खड्का र स्यानी चौधरीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका खड्काले एक हजार ६ सय मत अन्तरले अगाडी छन् ।
५४ हजार एक सय २३ मत गणना हुँदा एमालेका खड्काले २२ हजार नौँ सय ५९ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्तागठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २१ ह्जार दुई सय ५९ मत पाएका छन् ।
उपमेयरमा एमालेकी चौधरी ६ हजार पाँच सय ३५ मत अन्तरले अगाडी छिन् । उनले २२ हजार चार सय ७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी सत्ताठबन्धन दलका तर्फबाट एकीकृत समाजबादीका जोगबहादुर राना मगरले १५ हजार आठ सय ७२ पाएका छन् ।