तुल्सीपुरको मत परिणाम : एमालेका खड्का १८१३ र चौधरी ६०४० मतले अगाडी

बाँके, ९ जेठ, २०७८ ।


दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका टीकाराम खड्काले एक हजार आठ सय १३ मतले अग्रता लिएका छन् । खड्काले २० हजार तीन सय १९ मत पाउँदा उनका प्रतिस्पर्धी काँग्रेसका गेहेन्द्र गिरिले १८ हजार पाँच सय ५ मत पाएका छन् । सोमवार विहान ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार त्यहाँ ४७ हजार सात सय ४४ मत गणना भएको छ ।
यसैगरी उपमेयरमा एमालेकी स्यानी चौधरी ६ हजार ४० मत अन्तरले आफ्ना प्रतिस्पर्धी एकीकृत समाजबादीका जोगबहादुर राना मगरलाई पछाडी पारेकी छन् । राना सत्तागठबन्धनका उम्मेदवार हुन् । चौधरीले १९ हजार सात सय ८० मत पाउँदा एकीकृत समाजबादीका रानाले १३ हजार सात सय ३५ मत पाएका छन् । तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।
यसअघि तुल्सीपुरको मेयर र उपमेयरमा एमालेका घनश्याम पाण्डे र माया आचार्य निर्वाचित भएका थिए ।

Previous articleतुल्सीपुरको मत परिणाम : सत्तागठबन्धनका गिरि भन्दा एमालेका खड्का १४७२ मतले अगाडी
Next articleतुल्सीपुरमा एमालेका मेयर र उपमेयरको अग्रता कायमै, कसले कति मत पाए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here