दंगीशरण गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती, अशक्त र ६० बर्ष माथिकालाई निशुल्क स्वास्थ्य सेवा

बाँके, ८ जेठ, २०७९ ।


दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले गर्भवती महिला, अपांग, अशक्त र ६० बर्षभन्दा माथिका सवैलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेका छन् । पदभार गर्दै उनले गर्भवती, अपांग, अशक्त र ६० बर्षभन्दा माथिका सवैको निशुल्क स्वास्थ्य जाँच गर्ने र दिशा, पिसाव, रगत जस्ता ल्याव परीक्षण पनि निशुल्क गर्ने निर्णय गरेका छन् ।
उनले कार्यभार सम्हाले लगतै गरेको निर्णयलाई कार्यपालिकामा पेश गर्ने र कार्यपालिकाबाट निर्णय गराउने पनि उल्लेख गरेका छन् । ‘यो निर्णय गाउँ कार्यपालिका र गाउँ सभाबाट पारित गराउने छु,’ उनले गरेको पहिलो निर्णयमा उल्लेख छ ।

Previous articleभारतको बहराइचमा सडक दुर्घटना : दुई नेपाली सहित तीन जनाको मृत्यू
Next articleतुल्सीपुरको मतगणना : एमालेका खड्काभन्दा ८११ मतले पछाडी परे काँग्रेसका गिरी, उपमेयरमा एमालेकी स्यानी करिव चार हजार मतले अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here