तुल्सीपुरको मतगणना : एमालेका खड्काभन्दा ८११ मतले पछाडी परे काँग्रेसका गिरी, उपमेयरमा एमालेकी स्यानी करिव चार हजार मतले अगाडी

बाँके, ८ जेष्ठ, २०७९ ।


दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।
एमालेका टीकाराम खड्काले १५ हजार ४०५ मत र गिरीले १४ हजार ५९४  मत प्राप्त गरेका छन् । अहिलेसम्म ३५ हजार एक सय ७५ मत गणना हुँदा एमालेका मेयरका उम्मेदवार खड्काले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गिरीलाई ८११ मतले पछाडि पारेका छन् ।
यसैगरी उपमेयरमा शुरुआतदेखि नै अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरीले मतान्तर थप बढाउँदै लगेकी छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा तीन हजार सात सय २३ मतले अगाडि छन् । चौधरीले १४ हजार ६१५ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १० हजार आठ सय ९२ मत प्राप्त गरेका छन् । 
तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको थियो ।

Previous articleदंगीशरण गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती, अशक्त र ६० बर्ष माथिकालाई निशुल्क स्वास्थ्य सेवा
Next articleकोहलपुरको मेयर–उपमेयरमा काँग्रेसका आचार्य र सुवेदी विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here