बाँके, ८ जेठ, २०७८ ।
कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले जितेको छ । मेयरमा नेपाली काँग्रेसका पूर्णप्रसाद आचार्य र उपमेयरमा नेपाली काँग्रेसकै संगिता सुवेदी विजयी भएकी छन् ।
आचार्यले १४ हजार एक सय ३४ मत पाएका छन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय ८५ मत पाए भने माओवादी केन्द्र–एकीकृत समाजबादीको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले ९ हजार सात सय २५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपमेयरमा काँग्रेसकी सुवेदीले १४ हजार ७४ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेकी अस्मिता थारुले १३ हजार एक सय ५७ मत पाएकी छन् ।
१५ वटा वडा रहेको कोहलपुरमा काँग्रेसले ९, एमालेले चार र माओवादी केन्द्रले दुई वटा वडा जितेको छ ।